१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जामा दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

अ अ+ अ-

वालिङ (स्याङ्जा)। जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएकाको नाम मतदाता सूचीबाट हटाएको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका गरी कुल दुई हजार ५७२ जना मतदाताको नाम सूचीबाट हटाइएको हो ।

“यसअघि मतदाताको नामावलीमा भएका त्रुटि सच्याउनका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन प्राप्त भएका थिए”, उनले भने, “प्राप्त निवेदनका आधारमा यस अवधिमा ३४५ जना मतदाताको नामावलीमा भएका त्रुटि सच्याइएको छ ।”

ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको मतदान केन्द्र (ठाउँसारी निवेदन)का आधारमा केन्द्र परिवर्तन गरिएको छ । कार्यालयले गत असोजमा मतदाताको नामावली अद्यावधिक गरेको थियो । अद्यावधिकपश्चात् निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ कायम भएको छ । त्यसमध्ये पुरुष एक लाख २३ हजार ११२ जना, महिला एक लाख २५ हजार ९५० जना र अन्य एक जना छन् ।

विसं २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाता सङ्ख्या कायम रहेको थियो । मतदाता अद्यावधिक कार्यक्रमपश्चात् मतदाताको सङ्ख्या बढेको छ । गत फागुनमा सम्पन्न भएको निर्वाचनमा कायम भएका सङ्ख्याभन्दा अद्यावधिक भएपछि २४७ जना मतदाता बढेको उनले बताए।

0 Comments