२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय

अ+ अ-

महेन्द्रनगर । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ ।

चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताए ।

चालू आवको चैत महीनासम्मको तथ्याङ्कअनुसार यहाँ प्रहरीले ४२५ ग्राम ५२० मिलिग्राम खैरोहिरोइन बरामद गरिसकेको छ । अरु लागुऔषधभन्दा आर्थिकरुपले पनि महङ्गो पर्ने खैरो हिरोइन सेवन गर्नेमा युवापुस्ता बढी संलग्न देखिएको छ ।

उनका अनुसार खैरोहिरोइनमा प्रहरीले केही महीनायता मात्रै १२२ लाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । ‘अहिले ७४ वटा मुद्दा प्रहरीमा दर्ता भएर कानूनी कारवाहीको प्रक्रियामा छन्’, उनले भने, ‘खैरोहिरोइन मुद्दामा ७ जना भारतीय नागरिक पनि प्रहरी कारवाहीमा छन् ।’

प्रहरीले भारतबाट लुकिछिपी कञ्चनपुरको बेलौरी, बेल्डाँडी र पुर्नावास क्षेत्रबाट बढी आयात हुने गरेको जनाएको छ । ‘हामीले लागूऔषधमा कारबाही र समुदायमा सचेतना फैलाउने कार्यक्रम सँगसँगै थालेका छौँ’, उनले भने, ‘यो बीचमा भारतका लागुऔषध पैठारी गर्ने गिरोहका नाइके पनि पक्राउ परेका छन् ।’

केही महीनाअघि प्रहरीले बेलौरी नगरपालिकामा भारतबाट खैरोहिरोइनसहित नेपालतर्फ आइरहेका भारतीय युवकलाई गोली हानेर हत्यासमेत गरेको थियो । ‘गस्तीमा रहेको प्रहरीमाथि फाइरिङ गरेपछि जवाफी फायरमा भारतीय तस्करको मृत्यु भएको हो’, उनले भने, ‘अझै पनि सीमाक्षेत्रमा लागुऔषधको तस्करी गर्ने गिरोह पक्राउपर्ने क्रम जारी छ ।’ प्रहरीका अनुसार एक ग्राम खैरोहिरोइनमा २० खुराक (डोज) हुने गर्छ ।

प्रहरीले मुद्दा चलाएका अधिकांश लागुऔषध कारोवारमा संलग्न अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘अहिले लागुऔषध नियन्त्रणका लागि प्रहरीले विद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ’, प्रवक्ता थापाले भने, ‘लागुपदार्थको लतमा महिला पनि देखिएका घटनाहरु पनि छन् ।’

उनले लागुऔषध मुद्दामा अभियुक्त पक्राउ पर्दा जिल्ला कारागारमा चाप बढेको बताउनुभयो । ‘९५ जना राख्ने क्षमता भएको कारागारमा ४१७ जना कैदीबन्दी पुगेका थिए’, उनले भने, ‘३९ जनालाई तुलसीपुर कारागार स्थानान्तरण गरिएको छ ।’

नेपाल–भारत सिमाना क्षेत्रमा दुवै देशका तस्करको मिलेमतोमा यहाँ खैरोहिरोइन आयात हुने गरेको प्रहरी निष्कर्ष छ । यहाँबाट आयात गरिएको लागुपदार्थ सुदूरपश्चिमका पहाडी जिल्लामा समेत निर्यात गर्ने सञ्जाल रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।