२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता

अ+ अ-

लन्डन । विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी–७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ ।

आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरिरहेको चेतावनी दिएको छ ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले यस बैठकले कुटनीति पुरानै लयमा फर्किएको भन्दै खुशी व्यक्त गरे ।अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हाले लगत्तै संयुक्तराज्य अमेरिकाका परम्परागत गठबन्धनलाई पुरानै लयमा फर्काइएको बताए ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकलकाँटे नीतिले अमेरिका नै एक्लिएको निष्कर्षमा बाइडेन प्रशासन पुगेको उनको भनाई थियो । विदेश मन्त्री ब्लिन्केनले जी–७ का मुलुकहरुले चीनसँग प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए ।

दुई दिने यस बैठकमा जी–७ मा आबद्ध मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेश मन्त्रीहरु सहभागी भएका छन् । यस बैठकमा म्यान्मारमा भएको सैन्य विद्रोह, सिरियाको मानवीय सङ्कट, इथियोपियाको टिग्रीको सङ्कट तथा अफगानिस्तानको मानवीय सङ्कटका बारेमा पनि छलफल हुनेछ ।

साथै, बेलायती विदेश मन्त्रालयका अनुसार बैठकमा रसियाले युक्रेनको सीमा क्षेत्रमा बढाएको सैन्य गतिविधि र विपक्षी नेता अलेक्सी नाभाल्नीलाई थुनामा राखिएको विषयमा पनि छलफल हुनेछ ।

सन् २०२१ का लागि जी–७ समूहको अध्यक्षता गरेको बेलायतले बैठकमा अस्ट्रेलिया, दक्षिण कोरिया, भारत र दक्षिण अफ्रिकाका विदेश मन्त्रीहरुलाई पनि आमन्त्रण गरेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुन महिनामा हुने जी–७ समूहका नेताहरुको बैठक आयोजना गर्नेछन् ।