२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वासको मत सम्भव नभएको प्रधानमन्त्रीलाई देउवाको जवाफ

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

एमाले नेताहरूसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाले विश्वासको मत दिन नसकिने बताएका हुन्।

बुधवार देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका प्रधानमन्त्री ओलीलाई जवाफमा देउवासहितका काँग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएको काँग्रेस नेता प्रकाश शरण महतले बताए।

‘मूलभूत रूपमा उहाँले विश्वासको मत मैले लिइरहेको छु। यसमा काँग्रेसको सहयोगको अपेक्षा छ भन्नुभयो। हामीले काँग्रेस विपक्षी पार्टी हो। अहिले हामीले तपाईँलाई सहयोग गर्ने अवस्था छैन भन्ने कुरा राख्यौँ’, महतले भने।

प्रधानमन्त्री ओलीले आउँदो २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तय भएको छ।

भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ुबादलु, विष्णु पौडेल सहभागी थिए।

काँग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, प्रकाश शरण महतलगायत सहभागी थिए।