२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्टका लागि रु ७५ लाख

अ+ अ-

भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेको सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।

सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा (एमाले)का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गरेका हुन्।

उनले भने,’कोभिड–१९ को दोस्रो लहरको महामारीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता देखेर मैले पहल गरेँ, आजै रु ७५ लाखको बजेट व्यवस्थापन गर्ने निर्णय भयो, अब छिट्टै अक्सिजन प्लान्ट पनि शुरु हुन्छ ।’ यसअघि उनकै पहलमा यस अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि रु एक करोड ५० लाख बजेटको व्यवस्था गरेका थिए ।

बस्नेतले भने, “’केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई रु तीन करोड ८० लाख, नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट रु आठ करोड एक लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु ।’ उनले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको बताउँदै यो सङ्कटको बेलामा विरोध गर्नेभन्दा पनि सहयोगको हात फैलाउनुपर्ने बताए ।