२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै

अ+ अ-

सिन्धुली । यहाँ कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ ।

सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ । सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा धिरेन्द्रकुमार सुदा भन्छन् ।

“दिउँसो सुनसान हुन्छ यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न”, उनले भने, “सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हुनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेशनमा राखेर उपचार गर्दै आएका छौँ ।”

सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने, “गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन् ।”