२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटे युवतीलाई मदिरा सेवन गराई होटेलमा लगेर दुर्व्यवहार, होटेल सञ्चालकसहित तीन जना पक्राउ

अ+ अ-

सुर्खेत । राउटे समुदायका युवतीलाई मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

राउटे समुदायका युवतीलाई मादक पदार्थ सेवन गराइ होटेलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको सुर्खेतका जिल्ला प्रहरी प्रमुख राजेन्द्र भट्टले जानकारी दिए ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । घटना २१ गते भएको र हिजो (२२ गते) राति १२ बजे मात्रै अभियुक्तलाई पक्राउ गरिएको भट्टले जानकारी दिए । उनले भने, ‘घटना २१ गतेको हो, हिजो राति १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएका छौँ, थप अनुसन्धान गर्न प्रहरी टोली राउटे बस्तीतिर गएको छ ।’

भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरिरहेका छन् । लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदीमा बसाई सरेका हुन्।