२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ हजार बढीले लगाए चिनियाँ ‘भेरोसेल’ खोप

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो ।

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन आठ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

पहिलो दिन चार हजार ४१९ पुरुष र चार हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन चार हजार ८९३ पुरुष र चार हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ । प्रमुख कुँवरले पाँच दिनमा एक लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले निर्धारण गरेको उमेर समूहमा पर्ने व्यक्तिले उत्साहजनकरूपमा आफूलाई पायक पर्ने स्थानमा पुगी खोप लगाउन आग्रह गरेका छन् । महानगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा भीड नियन्त्रण गर्न भन्दै हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोअनुसार कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । शहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, यही जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको थियो । खोप कार्यक्रम यही जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।