२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली अस्पतालमा भौतिक पूर्वाधार निर्माण हुँदै

अ+ अ-

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ । विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ । माटो परीक्षणका लागि विभागका इञ्जीनियरद्वय प्रवीण शाह र पुजन न्यौपाने बिहीबार अस्पताल आइपुगेका छन् । भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा हरिकुमार श्रेष्ठसँग छलफल गरेका छन् । समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताए।

‘अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ । त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ’, उनले भने, “माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरु हुन्छ ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो । भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरुयोजना बनाएका थिए ।

गुरुयोजनाअनुुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ । ती दुवैमा ५०/५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । ‘अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ’, उनले भने, ‘अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०/५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ ।’

शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताउनुभयो । महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो ।

प्रविधिमैत्री बन्दै शुक्लाफाँटाको कोभिड अस्पताल

शुक्लाफाँटा नगरपालिका–४ मा सञ्चालना रहेको कोभिड अस्पताल प्रविधिमैत्री भएको छ । कोरोनाका गम्भीर बिरामीको स्वास्थ्य परीक्षणका लागि आवश्यक मेसिन अस्पतालमा उपलब्ध गरिएका छन् । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि अक्सिजनसहित एक्सरे, इसिजीलगायतका मेसिनको व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट अस्पतालका लागि आवश्यक मेसिन उपलब्ध गराइएका हुन् । ‘मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, ‘धेरै पहलपछि मेसिन ल्याउन सकेका छौँ, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौँ ।’

अल्ट्रासाउण्ड मेसिनको समेत माग गरिएको उल्लेख गर्दै उनले केही दिनभित्रै सो मेसिन उपलब्ध गराइने जानकारी प्राप्त भएको बताए । नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा निःशुल्क उपचारसँगै औषधि र चित्कसकीय सेवासमेत उपलब्ध गराउँदै आएको छ । ‘अस्पतालका सबै सेवा निःशुल्क गरेका छौँ’, नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘कोरोनाका बिरामीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म पु¥याउन लागि निःशुल्क एम्बुलेन्ससँगै बजारमा महङ्गोमा पाइने औषधि आवश्यकताका आधारमा निःशुल्क उपलब्ध गराइँदै आएको छ ।’

कोभिड अस्पताल १५ शय्याको छ । अस्पतालमा २४सै घण्टा सेवा दिने व्यवस्था गरिएको छ । अस्पतालबाट हालसम्म ५५ जना बढीलाई सेवा दिइएको छ । अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्करूपमा पिसिआर जाँचका लागि नमूना सङ्कलन गर्ने कार्यसँगै अवस्था गम्भीर रहेका बिरामीको एन्टिजेनबाट समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ । अस्पताललाई अझै व्यवस्थित बनाउनका लागि कार्य अगाडि बढाइएको छ । कोभिड अस्पताल सञ्चालनपछि स्थानीय बासिन्दाले सहजरूपमा सेवा पाएका छन् ।