२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समग्र स्वास्थ्यका लागि योग

अ+ अ-

मनुष्यले खोजेको के हो ? आखिरमा के प्राप्तिका लागि मनुष्यले जीवनभरि सघंर्ष गर्दछ ? के के कुरा हासिल गर्‍यो भने मानिस सफल हुन्छ ? सुखका मानकहरू के के हुन ? के कस्ता भौतिक र अभौतिक आधारभूत कुराहरू मानिसले हासिल गर्नै पर्छ ? के कुरा हासिल नै नगरे पनि मानिस सरल र सहज जीवन बाच्न सक्छ ? संसारभरि भएका भौतिक मनोवैज्ञानिक आध्यात्मिक प्रयासहरू अन्ततः मानिसको सुख, सुविधा, सहजताकै लागि गरिएका छन् । प्रकृतिमा हावा थियो तर गर्मी मौसममा चिसो हावा खाने इच्छा भयो । विज्ञानले पङ्खा आविष्कार गर्‍यो । भौतिक विज्ञान र आध्यात्मिक ज्ञान दुवैको अन्तिम सहमतिको विन्दुमा मानिसले जे जे कर्म गरे पनि जे जे हासिल गरे अन्ततः मानिसले खोजेको कुरा स्वास्थ्य, खुसी, सुख, प्रेम, शान्ति र आनन्द नै हो ।

एउटा उदाहरण लियौँ, एक जना किशोरलाई बाबु तिमी ठुलो भएपछि के बन्छौ भनेर सोध्यौ भने उसले भन्छ- म डाक्टर बन्छु । मानौँ तिमी डाक्टर बन्यौँ, त्यसपछि के गर्छौँ भनेर सोध्यौँ भने उसले भन्दै जान्छ-म विवाह गर्छु,सम्बन्ध बनाउँछु, सन्तानोत्पादन गर्छु, धन सम्पत्ति कमाउँछु,गाडी किन्छु,सुविधा सम्पन्न घर बनाउँछु, स्वास्थ्य राम्रो बनाउँछु, परिबारलाई सुख सुविधा दिन्छु,समाजमा योगदान दिन्छु, गरिब दुःखीको सेवा गर्छु, नाम दाम कमाउँछु, आफ्नै नर्सिङ होम वा अस्पताल खोल्छु, व्यापार व्यवसाय गर्छु, अझै उच्चस्तरका शैक्षिक उपाधि र तालिम हासिल गर्छु । उसले जीवन भरी गर्ने हरेक प्रपञ्च र पुरुषार्थ को पछाडिका कुरा खोतल्दै जाँदा त्यसपछि तिमीले के गर्छौँ अनि के पाउँछौँ भनी प्रश्न गर्दै जाँदा एउटा यस्तो अन्तिम विन्दुमा पुगिन्छ अब त्यस पछि उत्तर दिने ठाउँ बाँकी रहदैन् ।

हामीले जीवनमा खोजेको कुरो त्यही हुन्छ र त्यो कुरा हो ! हरेक मानिसले आफ्नो जीवनमा खोजेको कुरा स्वास्थ्य, खुसी, प्रेम,शान्ति र आनन्द नै हो । अब यो कुरा कसरी हासिल गर्ने ? कहाँ पाईन्छ ? के यो कुराहरू पाउन जीवनमा पुरुषार्थ गर्नैपर्छ । यो प्रयास गरेर पाउने कुरा हो की ? स्वयंमा अन्तर्निहित छ ? प्रयास गरेर पाउने कुरा हो भने यत्तिका भौतिक प्रगति सुख सुविधा उपलब्ध हुँदा मानिस किन अस्वस्थ र अशान्त छ ? सफल छ तैपनि किन छटपटी र बेचैनी छ । कुनै प्रयास गर्नु पर्दैन स्वयंमा हुन्छ, यो प्राकृतिक स्वभाव भए किन हरेक मान्छे खुसी र स्वास्थ्य हुन सकिरहेको छैन ? मानिस अन्तर जगत र बाह्य जगतको द्वन्द्वमा फसेको छ । बाह्य संसारका सूचना, जानकारी र उपाधि अत्यधिक र स्वयंको ज्ञान न्यून भएकोले बाहिर सबै कुरा व्यवस्थापन गर्न सक्ने एउटा कुशल व्यक्ति आफ्नै मनको व्यवस्थापन गर्न नसकेर हार खाएको छ ।

सुरुवात आफैबाट गर्दा एउटा मानिस सँग के के छ ? नितान्त आफूसँग के छ त ! सबै मनुष्यसँग भएको मुख्य मुख्य अवयवमा उसको शरीर छ, मन छ, भाव छ, आत्म तत्त्व छ । बाहिर देखिने शरीर र अनुहार मात्र उसको पहिचान हैन । बाहिरका चर्मचक्षुले देखिने भौतिक देह हार्डवेयर हो भने मानिसको सूक्ष्म शरीरको रूपमा रहेका मन, बुद्धि, चित्त, अंहकार, भाव, स्मृति, संस्कार, चेतना सफ्टवेयर हो । जसरी एउटा कम्प्युटरले राम्रोसँग काम गर्न सफ्टवेयर र हार्डवेयर दुवै ठिक हुनु जरुरी छ । त्यसै गरी एउटा मान्छे पूर्ण स्वास्थ्य हुन शरीर, मन, भाव र आत्माको ऊर्जा प्रणाली सुव्यवस्थित हुनु जरुरी छ । मानव रुपी सुपर कप्युटरको डिजाईन गर्ने जो सृष्टिकर्ता हुनुहुन्छ,वहाँले एउटा मानवलाई पूर्ण सम्भावनामा विकास गर्न र पूर्ण क्षमतामा सञ्चालित हुन आवश्यक पर्ने सबै प्रणाली जडित गरिदिनु भएको छ ।

योग र अध्यात्मबाट मानिसले आफ्नो विराट सम्भावनाको ढोका खोल्न सक्छ मनुष्य आफ्नो परम चैतन्यमा स्थित हुन सक्छ भन्ने कुरा वैदिक सनातन धर्मका ऋषिमूनिहरुले शास्त्र प्रमाण, स्वयं प्रमाण बनेर हामीलाई मार्ग निर्देशन गरेका छन् । रोगी शरीर, फोहोरी मन र पतन भएको चेतनामा अध्यात्म मौलाउँदैन । आध्यात्मिक उन्नयन गर्न चाहने मानिसले योगलाई आफ्नो जीवनशैली बनाउनै पर्दछ । तन्मयताकासाथ गरिएको योगले तन शुद्धि, मन शुद्धि, चित्त शुद्धि, भाव शुद्धि र आत्मा शुद्धि गरिदिन्छ । योगमा मुख्यतया यी तीन कुरा समावेश भएको हुनुपर्छ-योगाभ्यास, प्राणायाम र ध्यान । योगमा शरीरको स्वास्थ्यको लागि योगासन, मनको स्वास्थ्यको लागि प्राणायाम, भावनात्मक स्वास्थ्यको लागि श्रद्धा र भक्ति र आत्मा शान्तिको लागि ध्यानको उचित सन्तुलन भएको योग गर्नु आवश्यक छ । हामीसँग भएका कुरा शरीर, मन, भाव र चेतना र हामीले प्राप्त गर्न खोजेको कुरा स्वास्थ्य, खुसी, शान्ति र आनन्द प्राप्त गर्ने पुल योग हो । कुनै आर्थिक व्ययभार नपर्ने,कसैको अवसर खोस्नु नपर्ने, कसैप्रति आश्रित वा परनिर्भर नभई नितान्त आफ्नो प्रयोगात्मक अभ्यास,स्वाध्याय र साधनामा खोजेको कुरा प्राप्त गर्न सकिन्छ । योग साधनालाई सही मार्गमा लैजान सद्गुरुको सानिध्यतामा जान सकिन्छ । जसले त्यो मार्गमा हिँडिसकेको होस,गन्तव्यमा पुगिसकेको होस् ।

योगले श्वास प्रश्वास र रक्तसञ्चारको गति सुव्यवस्थित गर्दछ । योगले शरीरको तापमान सन्तुलन राख्छ । शरीरका त्रिविकार-वात, पित्त र कफ शमक गर्दछ । मानव शरीरको मूलभूत बनावट तत्त्व पन्च महाभूत-अग्नी, वायु, आकाश, पृथ्वी र जल तत्त्व शुद्धीकरण गर्छ अनि सन्तुलनमा राख्दछ । मनका विकार सफा गर्दछ । भाव रस सन्तुलनमा राख्दछ । योगले समग्र स्वास्थ्यको लागि काम गर्दछ । योग व्यवहारिक रूपमा अवलम्बन गर्न सकिने प्रयोग सिद्ध पद्धति हो ।

योगले हाम्रो ताउलोमा जाउलो हाली दिदैन् तर जाउलो मिठो मानेर खान सक्ने सामर्थ्यवान् बनाउँछ । योगले बिरुवाको जरामा पानी हाल्छ, मूलमा भएको भूललाई सुधार गर्छ । रोगब्याधिको स्रोतमै पुगेर निरोध गर्छ । मनुष्यलाई उसको केन्द्र स्व मा स्थापित गरिदिन्छ, जब कोही मनुष्य आफ्नै केन्द्रमा स्थिर रहन्छ वा आफ्नै ठेगानमा स्थित हुन्छ तब उसले स्वस्थ अनुभव गर्दछ । मान्छेलाई भोजन दिनेसँग मतलब हुन्छ,भोक जगाईदिनेसंग त्यति हुँदैन । मान्छेलाई सुगन्ध दिनेसँग मतलब हुन्छ,सुँघ्न सक्ने शक्ति बढाई दिनेसँग हुँदैन । मान्छेलाई ओछ्यान दिनेसँग मतलब हुन्छ, मिठो निन्द्रा जगाइदिने सँग हुँदैन । मान्छेलाई दवार्इ दिनेसँग मतलब हुन्छ तर रोग निर्मूल पारिदिनेसँग हुँदैन । भोजन भन्दा भोक,सुगन्ध भन्दा सुँघ्न सक्ने शक्ति र ओछ्यान भन्दा निन्द्रा र रोग भन्दा स्वास्थ्य ठुलो हो भनेर जुन दिन थाहा पाउँछ, अनि महत्त्व बुझ्दछ ।

योग त्यही शक्ति जगाइदिने विधि हो । पूर्ण समर्पणका साथ गरिएको योगले इन्द्रियहरुको बोध गर्न सक्ने क्षमता बढाइदिन्छ,कर्मेन्द्रियहरूको कार्यक्षमता बढाइदिन्छ । योगका विधिहरू प्रकृतिबाटै लिईएका हुन् । हरेक प्राणीका सबलपक्षहरुलाई समातेर योगासन र प्राणायामका विधिहरू बनाइएका छन् । बिरालोले सुतेर उठ्ने बित्तिकै एक प्रकारले शरीर तन्काउँछ,उसलाई यो ज्ञान प्राकृतिक रूपमै छ । त्यसैको नक्कल गरेर एउटा योगासन मर्जराशन गरिन्छ । योगको ज्ञान हरेक मनुष्यको शरीर भित्रै निहित छ, यत्रतत्र प्रकृतिमै छ तर बाहिरी भौतिक संसार भौँतारिएको कारणले बढी सुख सुविधा खोजेको कारणले हामीलाई यो अन्तर्ज्ञान विस्मृत भएको हो, हामीले वास्ता नगरेको हो । हेरौँ त, प्रकृतिले नि:शुल्क उपलब्ध गराएको घाम ताप्न,शीतल बायु सेवन गर्न फुर्सद छैन हामीलाई । जब हामी रोग व्याधिले ग्रस्त हुन्छौँ, अस्पताल वा नसिङ्गं होममा महगों शुल्क चढाए पछि सफेदपोस डाक्टर साहेबले नाडी छाम्दै जब भिटामिन डी कमी भयो, घाम ताप्नुस् भन्नु हुन्छ, अनि मात्र घाम प्रति विश्वास हुन्छ, घाम ताप्न थाल्छौँ । शुल्क तिर्ने बानी लागेका हामीलाई नि:शुल्क प्राप्त परामर्श र योगका विधिमा सन्देह छ ।

समग्र स्वास्थ्य अर्थात् शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यका लागि योग नै सर्वोत्कृष्ट विधि हो भनी स्वीकार गर्नेको जमात बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठन लगायत मेडिकल चिकित्सकहरूले आधुनिक एलोपेथिक औषधी गर्नुस् र योग पनि गर्नुस् भनिरहेका छन् । विश्व नै योगतर्फ आकर्षित भइरहेको छ । अबको युग योग र अध्यात्मको युग हो ।