काठमाडौँ। नेपाली काँग्रेसका तीन नेता पार्टी कार्यालय सानेपामा आमरण अनशनमा बसेका छन् । डा. चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालयमै अनसन थालेका हुन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँधली भएको उनीहरूको दाबी छ । काँग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद भएको र अहिलेसम्म पनि समाधान नभएको भन्दै काँग्रेस केन्द्रीय कार्यालय सानेपामा उनीहरूले अनशन थालेको बताएका छन् ।
क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म आफूहरू आमरण अनशनमै रहने उनीहरूको भनाइ छ ।







