२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन अर्ब लागतमा ग्लोबल आइएमई बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने

अ अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज धनतेरसको अवसर पारेर भवनको शिलान्यास तथा जग पूजा गरेका हुन्। करिब १ लाख ४५ हजार वर्गफिट बिल्टअप क्षेत्रफलमा निर्माण हुने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनको संरचना निर्माणदेखि इन्टेरियरलगायत सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधन सम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँको प्राइम लोकेसनमा निर्माण हुन लागेको भवन भविष्यमा एउटा आइकनिक भवनका रूपमा स्थापित हुने उनको भनाइ छ ।

उहाँले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगका कारण काठमाडौँको प्राइम क्षेत्रमा केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए । आगामी दिनमा पनि नियमनकारी निकाय, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक तथा ग्राहकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष ढकालले भने,‘ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयको आज शिलान्यास भएको छ । सम्भवतः वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधन सम्पन्न कार्यालय भवनको आज शिलान्यास भएको छ । करिब १ लाख ४५ हजार स्क्वायर फिटको बिल्टअप एरियामा यो कार्यालय निर्माण हुनेछ । यसको निर्माण कार्य करिब तीन वर्षमा सम्पन्न हुनेछ भने संरचनादेखि इन्टेरियरसम्मका सम्पूर्ण कामका लागि करिब ३ अर्ब रुपैयाँ लागत लाग्नेछ । मलाई लाग्छ, यो कमर्सियल बैंकको पूर्वाधारका हिसाबले एउटा साधन सम्पन्न भवन हुनेछ । काठमाडौँको एकदमै प्राइम एरियामा, उत्तरढोकामा यो भवन अवस्थित छ । यो भवन निर्माण सम्पन्न भएपछि एउटा आइकनिक भवनका रूपमा पनि स्थापित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ । म सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, बैंकका सेयरधनी साथीहरू, कर्मचारी साथीहरू र सम्पूर्ण शुभेच्छुकहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यहाँहरूको माया, साथ र सहयोग तथा बैंकप्रति देखाउनुभएको सद्भावका कारण आज हामीले काठमाडौँको एकदमै प्राइम ठाउँमा केन्द्रीय कार्यालयको शिलान्यास गर्न सकेका छौँ । आगामी दिनमा पनि हाम्रा नियमनकारी निकायहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम नागरिक, ग्राहकहरू लगायत सबैबाट बैंकप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहनेछ भन्ने विश्वास लिएको छु ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया, विश्वास र शुभेच्छाका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताउँदै अब आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण थालिएको जानकारी दिए। हाल बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माणपछि सबै विभागलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्न सकिनेछ । रेग्मीका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक बनाइनेछ । नयाँ भवनले बैंकका केन्द्रीय स्तरका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

रेग्मीले भने,‘ग्लोबल आइएमई बैंक करिब ५९ लाख ग्राहकहरूको माया, ममता र शुभेच्छाका कारण यति ठूलो बैंक बनेको छ । बैंकले सेवा प्रदान गर्ने सन्दर्भमा केन्द्रीय कार्यालयका विभिन्न विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्नसक्ने अवस्था थिएन । त्यसैले आज धनतेरसको दिन ग्लोबल आइएमई बैंकको अत्याधुनिक भवनको शिलान्यास तथा जग पूजा सम्पन्न भएको छ । करिब तीन वर्षमा सम्पन्न हुने यो भवनबाट ग्लोबल आइएमई बैंकका सम्पूर्ण केन्द्रीय स्तरका विभागहरूलाई एउटै छानामुनिबाट सेवा प्रदान गर्ने गरी हामीले काम गर्नेछौँ । यस पावन अवसरमा सम्पूर्ण ग्राहकहरूले देखाउनुभएको माया, उत्साह र प्रेमका लागि म हार्दिक धन्यवाद दिन चाहन्छु । यो भवनलाई नेपालमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकका भवनभन्दा पनि अत्याधुनिक भवनका रूपमा निर्माण गर्नेछौँ । यसमा तपाईँहरू सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’

बैंकले ग्राहकको विश्वास र सहयोगलाई आफ्नो सफलताको आधारका रूपमा लिँदै आगामी दिनमा पनि आधुनिक पूर्वाधार तथा गुणस्तरीय बैंकिङ सेवा विस्तारमा जोड दिने उनको भनाई छ ।

0 Comments