७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालका कर्मचारीले तलब, भत्ता पाउँदै

अ+ अ-

राँझा । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ । आन्दोलनमा उत्रिएको सातौँ दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन् ।

विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारीको माग व्यवस्थापन पक्षले सम्बोधन गरेको छ । व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको खानले बताए।

उनका अनुसार हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुङ्गो लगाइने भएको छ । कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएको भन्दै तीन युनियनले गत असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस