२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोकियो ओलम्पिक्स २०२० आइतबार समापन

अ+ अ-

टोकियो । टोकियो ओलम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ ।

पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसै गरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेको छ ।

पदक तालिकाको यसपछिका स्थानमा रहेको रुसी ओलम्पिक कमिटी, अस्ट्रेलिया नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ ।

तालिकाको दशौँ स्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ ।

एसियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ ।

टोक्यो ओलम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो । ओलम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।

विश्व प्रसिद्ध फुटबलमा पुरुषतर्फ ब्राजिलले स्पेनलाई हराउँदै स्वर्ण पदक जितेको छ भने बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराएको छ ।