२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपिडी हुने

अ+ अ-

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको निः शुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरूले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले फ्री ओपिडी सेवा दिने भएका हुन् ।

सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा. मधु पाण्डेको निःशुल्क ओपिडी सेवामा सहभागिता जनाई लाभ लिन सक्नेछन् ।

यस्तै, डा. अभिलाषा शाहसँग बाथरोगको समस्या भएकाहरूले लाभ लिन सक्नेछन् । डा. शाहले हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, आरामको समयमा ढाड तथा जोर्नी बढी दुख्ने, मांसपेशी दुख्ने, गल्ने, थकाई बढी लाग्ने, बारम्बार गर्भधारणमा समस्या आउने, घाममा अनुहार बढी रातो हुने वा पोल्ने, कपाल बढी झर्ने, मुखभित्र बारम्बार घाउ आउने, चिसोमा औँलाहरू निलो, सेतो हुने, शरीरमा बारम्बार घाउ तथा डाबर आइराख्ने, खुट्टाको बुडिऔँला वरिपरि रातो भएर दुख्ने, कुर्कुच्चा पोल्ने तथा दुख्ने, मांसपेशी कमजोर हुने, लामो समयसम्म ज्वरो आउने, खकारमा रातो रगत देखापर्ने, आँखा बारम्बार रातो हुने, हातखुट्टा झमझमाउने र पोल्ने र भर्‍याङ चढ्दा घुँडा दुख्ने जस्ता समस्या भएकाले आफ्नो ओपिडीमा आएर लाभ लिन सक्ने बताइन् ।

नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरूलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरूको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरूलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई भरपुर फाइदा लिन आह्वान गरेका छन् ।