१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् ।

सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गरे। नेपाली काँग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिए।

सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिइन्। सांसद उदया शर्मा पौडेलले गरी खाने वर्गले खोप पाउनुपर्ने बताइन् । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनी सरकार प्रस्ट हुनुपर्ने बताए । सांसद ठगेन्द्र प्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ भनी प्रश्न गर्दै त्यसमा राप्ती लोकमार्गले प्राथमिकता पाउनुपर्नेमा जोड दिए।

सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्रै बढाउन लागिएको हो भनी प्रश्न गरे । नेकपा (एमाले) की तुलसाकुमारी दाहालले पहिलो पटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताइन्।

सांसद भैरवसुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार पाँच दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुन–कुन हुन भनी प्रश्न गरे । नेपाली काँग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राखिन्। नेकपा (एमाले) की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक–पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिइन् ।

सांसद डा विमला राई पौडेलले चार महिना बढी भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आवमा कोभिड सङ्क्रमणका कारण राजश्व कम र खर्च बढ्दा सञ्चिती घटेको उल्लेख गरिन्। सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति पर्‍यो र त्यस विरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी मागिन् ।

सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राखिन्।

प्रतिक्रिया दिनुहोस