२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको जनसांस्कृतिक महासङ्घको प्रशिक्षण सुरु

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा भेला र प्रशिक्षण सुरु भएको हो ।

कार्यक्रमको भर्चुअलरूपमा थालनी गर्दै नेकपा एमाले को सचिव एवं पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्रका असन्तुष्ट पक्षलाई एकताबद्ध बनाइराख्न भरमग्दुर प्रयत्न गरिएको तर केही नेता विपक्षी मोर्चामै लीन हुन चाहेकाले समस्या पैदा भएको बताए ।

सर्वोच्च अदालतबाट गत असार २८ गते भएको फैसला बहुदलीय व्यवस्थाको मान्यतानुकूल नभएको जिकिर गर्दै उहाँले पार्टीमा देखा परेका गम्भीर समस्या र त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले पार्टीको मार्गदर्शनलाई पालना गर्दै कोभिडको जोखिमलाई ख्याल गरेर चाँडै भौतिकरूपमा बृहत् कार्यकर्ता भेला आयोजना गरिने बताए ।