१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सरकारमा चार कार्यालय थपिने

अ+ अ-

बागमती । बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ ।

वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढी पहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजनाअन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।

बाढी पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए।

प्रदेश सरकारले काठमाडौँमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

यसअघि यस प्रदेशमा ललितपुरमा एउटा तथा सिन्धुपाल्चोक जिल्लामा एउटा गरी दुई भूसंरक्षण कार्यालय स्थापना गरिएको थियो । बाढी पहिरो नियन्त्रणका लागि उक्त कार्यालयबाट सम्भव नभएकाले थप कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

यस प्रदेशको १३ वटै जिल्लाबाट पर्यटन विकाससम्बन्धी सेवा र योजनाको सम्झौताका लागि हेटौँडा आउनुपर्ने बाध्यता हटाउन काठमाडौँमा उपशाखा स्थापना गर्ने भएको छ ।

उपशाखाबाट ससाना योजना, उपभोक्ता समूहबाट हुने योजनाको सेवाको प्रवाह हुने बताइएको छ तर ठुला ठेक्का र योजनाको काम आयोजनाको हेटौँडाबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस