१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो । सिंहले उत्कृष्ट खेल प्रदर्शन गरे। उनले ६२ बल खेल्दै १०७ रन बनाए । प्लेयर अफ दी म्याच भएका उनले छ छक्का र १२ चौका प्रहार गरे । यस्तै मोहमद नदिमले अविजित ३८, सुरज कुमारले २० र आयन खानले १८ रनको योगदान दिए । बलिङतर्फ नेपालका कुशल मल्ल र करन केसीले दुई/दुई तथा सुशन भारीले एक विकेट लिए ।

त्यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा आशिफ शेखले ९० रनको योगदान दिएका थिए । उनले ११२ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१, करन केसीले २१, रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले चार, नेस्टोर धम्बाले दुई तथा जेशन मसुद र मोहमद नदिमले एक/एक विकेट लिए ।

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा नौमा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप लिग–२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठ वटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सात वटै देश प्रत्येकले ३६ एक दिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एक दिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ ।

प्रतिक्रिया दिनुहोस