२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वतन्त्रता हनन् हुने गरी ऐन बन्दैन : अर्थमन्त्री शर्मा

अ+ अ-

बनेपा । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकारले स्वतन्त्रताको हनन् हुने गरी कुनै पनि ऐन तथा नियम नबनाउने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको धुलिखेलमा हिजो (शुक्रबार) सुरु भएको ‘पहिलो राष्ट्रिय सम्मेलन’ मा उनले लोकतन्त्रको लडाइँ गरेर आएको गठबन्धन सरकारमा रहेका पार्टी र त्यसका नेतृत्वले स्वतन्त्रताको पक्षमा काम गर्ने बताए ।

विगतमा कमीकमजोरी र गल्तीहरू केही भएको भए त्यसलाई सच्चाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । पत्रकारिता स्वतन्त्रताको विषय भएको बताउँदै मन्त्री शर्माले सङ्घर्ष र आन्दोलन भइरहँदा पत्रकारिताले सबै पक्षको अनुगमन गर्ने विश्वास व्यक्त गरे । सरकारका राम्रो नराम्रो पक्षलाई आमजनतासम्म लाने तथा जनताको आवाजलाई सरकारसम्म पुर्‍याउने संवाहकको काम गरी पत्रकारिता जगत्ले ठुलो योगदान गरेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तयार रहेको बताए ।

अधिकार स्वतन्त्रताको विस्तृत रूप हुनुपर्ने र स्वतन्त्रताको जगेर्नाका लागि ऐन कानून पनि त्यहीअनुसार बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले महासङ्घले दिएको सल्लाह सुझावका आधारमा काम गर्ने बताए।

प्रतिगमनका विरुद्ध अग्र मोर्चामा उभिएर खबरदारी गर्ने र राजनीतिक पार्टीलाई ठिक बाटोमा लैजान पत्रकारिता जगत्ले खेलेको भूमिकाको कसैले पनि अबमूल्यङ्कन गर्न नसक्ने उल्लेख उनले कमीकमजोरी हुँदा सञ्चार जगत्ले गरेको आलोचना तथा सकारात्मक काम गर्दा पाएको प्रेरणालाई आधार बनाएर नै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको विकास र व्यावसायिक रूपमा भएको योगदानको विषयमा एकीकृत गर्न नसकेको उल्लेख गर्दै त्यसको थालनी एशोसिएट प्रदेश समितिले गरेकामा खुसी व्यक्त गरे । उनले महासङ्घको बन्ने नीति तथा कार्यक्रममा विधागत पत्रकारिताको आधारमा नै अगाडि बढ्ने बताए।

महासङ्घले बनाएको तीन वर्षे कार्य योजनामा पनि विभिन्न किसिमका आयामलाई समेट्नुका साथै छापा, टेलिभिजन, रेडियो र अनलाइन गरी चार विधालाई साङ्गठनिक र व्यावहारिक जीवनमा अवलम्बन गर्दै अगाडि बढ्न महासङ्घ प्रतिबद्ध रहेको बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले कोभिडको कारणले अस्तव्यस्त भएको प्रेस जगतलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरे । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधामा काम गर्नेमध्ये कोरोना सङ्क्रमित भएर पनि कार्यक्षेत्रमा निरन्तर खटेर काम गरिरहेका ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

चलचित्र पत्रकारितातर्फ रिना मोक्तान, खेलकुद पत्रकारितातर्फ जीतबहादुर साउद, सामाजिकतर्फ गोविन्द मरासिनी, कार्टुनिष्ट विनोदचन्द मल्ल ठकुरी, फोटो पत्रकार चन्द्रबहादुर आले र आर्थिक पत्रकार मेनुका कार्की पुरस्कृत भएका हुन् । पत्रकारिता क्षेत्रमा रहेका ७० वर्षभन्दा माथिका ज्येष्ठ पत्रकार मोहनश्याम महर्जन, गेहेन्द्रमान अमात्य र श्याम चित्रकारलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ । सम्मेलन आज (शनिबार) सम्पन्न हुनेछ ।