२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

अ+ अ-

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् । पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिइन् । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ छ । मुख्यमन्त्री शाक्यले भनिन्, ‘संङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या आएको छ ।’ प्रदेशका १३ जिल्लामा रहेका अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालन भइरहेको उनले बताइन् ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपाल कर्माचार्यका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, सामाजिक विकासमन्त्री विजय सुवेदी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका विषयमा जानकारी गराएका थिए । विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन गर्नु परेको उनले गुनासो गरे । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित १२० कार्यरत रहेको भए पनि दरबन्दी भने २५ जनाको मात्रै रहेको उनले बताए । अहिले सो अस्पतालले मनोरोग बाहेक अन्य रोगको विशेषज्ञ सेवा दिंदै आएको छ ।