२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कला र संस्कृतिको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले कला र संस्कृतिको सम्वद्र्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले कला र संस्कृति संरक्षणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्दै कलाकारलाई प्रोत्साहन गर्न आफू तत्पर भएको बताए । ‘तपाई कलाकारले योजना ल्याउनुस्, प्रदेश सरकारको तर्फबाट पूर्णरुपमा सहयोग गर्छौं’, उनले भने, ‘सरकारले कलाको संरक्षणका लागि विशेष कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।’ चित्रकलाका लागि नवलपुर उर्बर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नवलपुरका कलाकारले चित्रकलामार्फत अन्तर्राष्ट्रियरुपमा देशको नाम उँचो राख्न सफल भएको स्मरण गरे ।

मुख्यमन्त्री पोखरेलले नेपालमा प्रजातन्त्र आएपछि कलाका सबै विधामा एकखालको प्रतिस्पर्धा भएको भन्दै सबैले आफूलाई अगाडि बढ्ने जमर्को गरेका बताए । ‘चित्रकलाको आफ्नै खालको महत्व छ, यसमा कुनै द्विविधा छैन’, उनले भने, ‘हाम्रो शिक्षा तथा संस्कृति मन्त्रालयमार्फत हामीले प्रदेशभित्रका कलाकार, यहाँका संस्कृति, परम्परा सबैलाई संरक्षण गर्ने भन्ने एउटा कार्यक्रम पनि छन्, ती कार्यक्रममा कतै समायोजन गरेर तपाईहरुलाई सहयोग गर्नेछौँ, बसेर छलफल गर्नुपर्छ ।’

हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावति आर्ट काउन्सिलको आयोजनमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनीमा असोज २२ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १७ चित्रकारका ५२ वटा कलाकृति राखिएको हामी कलाकारका अध्यक्ष भीम शर्माले जानकारी दिए। उनले प्रजातन्त्र आए पनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोखे ।

कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्रीवितरणमा समस्या हुँदै आएका कलाकारको गुनासो छ । प्रदर्शनीमा राखिएका चित्रमा सबै धर्म समान भन्ने भाव जनाउन एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिस्यन धर्मावलम्बी झल्किने आकर्षक चित्रसमेत कोरिएको छ ।

कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि चालिसेलगायतले चित्रकला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए।