२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेस : थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।

पार्टीको वेबसाइटमार्फत काँग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश नम्बर २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएका क्रियाशील सदस्यको नयाँ र नवीकरण गरिएको सदस्यता सूची पार्टीको वेबसाइटमा प्रकाशित छ।

काँग्रेसमा अझै ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन बाँकी छ।

यीमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्ला छन्। प्रदेश २ का रौतहट, बारा, पर्सा र सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी छ भने बागमती प्रदेशको रसुवा जिल्लाको क्रियाशील सूची पनि सार्वजनिक हुन सकेको छैन।

प्रदेश २ का सिराहा, धनुषा, महोत्तरी र सर्लाहीको भने क्रियाशील विवरण सार्वजनिक भइसकेका छन्। क्रियाशील सदस्यता सार्वजनिक भएका ठाउँमा अब वडा अधिवेशन गर्ने बाटो खुलेको छ। वडा अधिवेशन गर्न क्रियाशील सदस्य मतदाता हुन्छन्।

काँग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ मा जिल्ला अधिवेशन गर्ने भनेको छ। डोल्पा र रसुवामा अधिवेशनका काम नै सुरु हुन सकेका छैनन्।