२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय खोज्दै पैदल यात्रामा

अ+ अ-

धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबार जाँदै छन्।

उन्नाइसौँ दिनको यात्रामा धादिङको गल्छीबाट मंगलबार काठमाडौँतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा महिला हत्या भएकाले पीडितलाई न्याय र आरोपीलाई कारबाहीका लागि दवाब दिन पैदलयात्रामा रहेको बताएका छन्।

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकका माइतीको आरोप छ। बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकामा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्नुपर्ने बताएको थियो।

महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी ल्याएका कारण पीडितको मागबमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अपहरणपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाहीको माग गरिएको छ। लामो समयदेखि निर्मला हराएकाले उनको जग्गा जमिन व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

प्रहरीले चासो नदिएको आरोप लगाउँदै माग सम्बोधन गराउन पैदल यात्रामा आएको अधिकारकर्मी रुबी खानले बताइन्। अपहरणसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा २०७७ मङ्सिरमा दर्ता गराइएको थियो।

मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ छ।

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन्। उन्नाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको र सकस भएको देखिन्छ। महिला हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागेको खानको भनाइ छ।