७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका छन् ।

‘सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ’, उनले भने । पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिए ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताए । एकताबद्ध पार्टी निर्माण भएमात्र निर्वाचनमा कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उनले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताए । पार्टीका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जटिल परिस्थितिमा हुनलागेको महाधिवेशनको कार्यतालिका अब परिवर्तन हुन नसक्ने भन्दै महाधिवेशनमा होमिन आम कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन, कृष्णमान महर्जन, कांग्रेस काठमाडौँ महानगरपालिका–२६ का उपसभापति गणेश रिजाललगायतले पार्टीको अधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा लगेर पोख्न नहुने बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनका लागि अधिवेशनमा सक्षम व्यक्तिलाई टिकट दिनुपर्ने बताए । नेताको चाकडी गरेर टिकट लिने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस