१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बृहत् लुम्बिनी गुरुयोजनाका बाँकी काम तत्काल अघि बढाऔँ : पूर्व अर्थमन्त्री पौडेल

अ+ अ-

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बृहत् लुम्बिनी गुरुयोजनाको कार्यान्वयनले देशको समृद्धि र अर्थतन्त्रमा योगदान दिन सक्ने भन्दै यसका बाँकी काम तीव्ररूपमा अघि बढाउन नेपाल सरकार र सरोकार रहेका व्यक्तिहरूको ध्यानाकर्षण गराएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका क्रममा यहाँ आएका उनले धार्मिक र पर्यटकीय हिसाबले विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनीको थप विकासका लागि बृहत् गुरुयोजनाको कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।

उनले भने, ‘दुनियाँमा मानिसले ठुला चमत्कार गर्न सक्लान् तर बुद्धको जन्मभूमि कसैले सिर्जना गर्न सक्दैन । धार्मिक र पर्यटकीय हिसाबले लुम्बिनी विश्वकै आकर्षक गन्तव्य मात्र होइन कि विश्वको झन्डै एक तिहाइ जनसङ्ख्याकै आस्थाको केन्द्र हो, त्यसैले यसको विकासमा राज्यको ध्यान पुग्नु नितान्त जरुरी छ ।’

केन्जो टांगेले ४० वर्षअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा नहुनु विडम्बना भएको बताउँदै यसको शीघ्र कार्यान्वयन आवश्यक रहेकामा उनले जोड दिए । पूर्व मन्त्री पौडेलले गुरुयोजनाको कार्यान्वयनले मात्रै लुम्बिनी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताए ।

लुम्बिनी गुरुयोजनाका बाँकी काम तीन वर्षभित्र सम्पन्न गर्नका लागि आफू अर्थमन्त्री भएका बेला रु सात अर्ब ३३ करोड बजेट विनियोजन गरी बहु वर्षीय स्रोत सुनिश्चितता गरेको जनाउँदै यसको सही सदुपयोग गर्न र आयोजनाको पूर्णतामा ढिला नगर्न पनि उनले सरकारसँग आग्रह गरे ।

पूर्व मन्त्री पौडेलले गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोट, बुद्धका अस्तु धातु राखिएको ठाउँ रामग्रामलगायतका बुद्धसँग जोडिएका स्थलहरूलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहु विषयक विश्वविद्यालयमा स्तरोन्नति गर्न केन्द्रीय क्याम्पसको संरचना विकास र विस्तारका लागि गौतमबुद्धको मावलीस्थल देवदहमा ९२ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय अघिल्लो सरकारले गरिसकेको जनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने विश्वविद्यालयका रूपमा यस विश्वविद्यालाई स्थापित गर्नुपर्ने उनको सुझाव थियो ।

उनले भने, ‘यो विश्वविद्यालयलाई अगाडि बढाउन जुन तत्परता लिइएको छ त्यसलाई नयाँ ढङ्गबाट उचाइमा पुर्‍याउनुपर्छ, यो यात्रा अवरोध नहोस् भन्नका लागि सरकारले तदारुकता लिनुपर्दछ, यसका लागि आवश्यक बजेटको प्रबन्ध होस् ।’

पूर्व अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुका दिनमा क्षेत्रीयस्तरको विमानस्थलका रूपमा डिजाइन गरिए पनि आवश्यकता महसुस गरी पूर्ण क्षमतामा सञ्चालनका लागि थप जग्गा अधिग्रहण गरिएको जानकारी दिँदै विमानस्थलको दोस्रो चरणको डिपिआरको काम अघि बढाउन पनि आग्रह गरे ।

उनले विमानस्थलको उद्घाटन हुँदा दोस्रो चरणको कामको शिलान्यास गर्न सक्ने गरी काम अघि बढाउनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया दिनुहोस