२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ: श्रममन्त्री श्रेष्ठ

अ+ अ-

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताएका छन् ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा चुँदी रम्घामा पूर्वाधार निर्माण गर्नाका साथै प्राकृतिक सौन्दर्यका माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उनले जानकारी दिएका हुन् ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले भानुको जन्मस्थलको साहित्यिक र पर्यटकीय महत्त्व भएकाले यसको संरक्षण, संवर्द्धन र विकासका लागि सरोकार निकायहरूसँग पनि छलफल गरिने छ भने ।

चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई अमेरिकास्थित इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठुलो पूर्णकदको सालिक निर्माण गरिने बताए ।

उक्त योजना सफल बनाउन आदिकविको जन्मघर शिखर कटेरीमा विश्वकै ठुलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उनको भनाइ थियो। विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरूका स्मृतिलाई संरक्षण गर्ने गरिएकामा भानुभक्तको परिचय र योगदानलाई पनि जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरूको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुने अपेक्षा गरिएको छ । आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ गते चुँदी रम्घामा भएको थियो । थुप्रै साहित्यिक योगदान पुर्‍याउनुभएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी पठनीय बनाएका थिए । भानुभक्तलाई नेपाली भाषा र साहित्यको धरोहर मानिन्छ ।