२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेष्टुराँ व्यवसायीले बढाए मूल्य

अ+ अ-

बागलुङ । खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् ।

हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य एक सय २० र चिकेट मःमको एक सय ४० तोकिएको छ ।

यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य एक सय थियो । चिकेन मःमको एक सय २० थियो । यस्तै भेज चाउमिन एक प्लेटको एक सय २०, बफको एक सय ५० र चिकेनको एक सय ७० दररेट कामय गरिएको छ ।

भेज चाउमिन आधा प्लेटको ६०, बफको ९० र चिकेनको एक सय मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् ।

‘बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो’ बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने । उनका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ । नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

‘पाँच÷छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो’, उनले भने ।

बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ । सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् ।

शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ ।