१६ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायी सङ्घद्वारा तीन पालिकालाई ज्ञापनपत्र

अ+ अ-

तनहुँ । फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले सरकारी कार्यालयअन्तर्गत सामान खरिद प्रक्रियामा स्थानीय व्यवसायीलाई प्राथामिकता दिइनुपर्ने माग गर्दैै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र व्यासनगरपालिकालाई सोमबार त्यस्तो ज्ञापनपत्र बुझाएका हो ।

भिमादका प्रमुख मेखबहादुर थापा, शुक्लागण्डकीका प्रमुख किसान गुरुङ र व्यासका प्रमुख बैकुण्ठ न्यौपानेलाई सङ्घका अध्यक्ष अमरबहादुर भण्डारीले ज्ञापनपत्र बुझाएका हुन् ।

अव्यवस्थितरूपमा सञ्चालन हुँदै आएका फर्निचर व्यवसायीलाई व्यवस्थित गरी राजस्व चुहावट हुनबाट रोक्न पालिकालाई जानकारी गराएका थिए ।

आउँदा दिनमा भानु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सङ्घका महासचिव सन्तोष विकले जानकारी दिए ।

नेपाल फर्निचर तथा फर्निसिङ महासङ्घमा ३४ जिल्ला आवद्ध भएका छन् भने जिल्लामा करिब ७० वटा फर्निचर र फर्निसिङ व्यवसाय सञ्चालनमा रहेको उनले बताए ।

दर्ता नगरी व्यवसाय सञ्चालनमा रहेका उद्योग व्यवसायीलाई कानुनी दायरमा ल्याउनसमेत स्थानीय तहलाई आग्रह गरिएको छ ।