११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जामा यसवर्ष ६७ हजार मेट्रिक टन धान उत्पादन

अ+ अ-

वालिङ । स्याङ्जामा यसवर्ष झन्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा बर्षे धान ६२ हजार २७१ र चैते (हिउँदे) धान चार हजार ४६४ गरी कूल ६६ हजार ७३५ मेट्रिक टन धान उत्पादन भएको हो ।

स्याङ्जामा यसवर्ष १६ हजार ८३० हेक्टरमा बर्षे धान र एक हजार २४० हेक्टरमा चैते (हिउँदे) धान लगाइएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सोनी रानाले जानकारी दिइन् । वर्षे धानमा ३.७ मेट्रिक टन प्रति हेक्टर र चैते धानमा ३.६ मेट्रिक टन प्रति हेक्टर धानको उत्पादकत्व रहेको उनले बताइन् ।

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष धान उत्पादनको क्षेत्रफल घटेको हो । गत वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यहाँका किसान धानखेतीबाट बिस्तारै फलफूल जातका खेतीतर्फ लाग्नु र खेतीयोग्य जमिन घर घडेरीका रुपमा परिणत भई उत्पादन हुने भूमि नासिनु जस्ता कारणले गर्दा क्षेत्रफल घटेको उनले बताए ।

स्याङ्जामा आर्थिक वर्ष २०७६/७७ मा १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै धान उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रमा छ ।

स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् ।

पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेष गरी रामधान, सावित्री, खुमल ४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ जस्ता उन्नत धान लगाउने गरिन्छ ।

केही ठाउँहरुमा स्थानीय जातका पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायत जात पनि लगाउने गरिएको पाइन्छ ।

कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गरेको बागबानी विकास अधिकृत रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस