२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने

अ+ अ-

काठमाडौँ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि (सोमबार)बाट आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगले आज (आइतबार) विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधिभर आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लङ्घन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचार संहिताको पूर्णरुपमा पालना गर्न र गराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ, आयोगले भनेको छ ।

आयोगका अनुसार तिनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने जनाएको छ ।

त्यसै गरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।