२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ ।

पचासी प्रतिशत काम सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।

साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ, अगामी फागुनसम्म नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’

सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यबस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ ।

विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।

पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । मलमूत्र केन्द्रलाई कार्यबिधि बनाएर सञ्चालन गरिने टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । ‘यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ, यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक छ’, उनले भने ।

भ्याट सहित ६० करोड रुपैँयामा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन छन् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ ।

मुक्त कमैया बस्ती र बजार क्षेत्रमा गरी २९ किमी लामो ढल निर्माणको योजना रहेको आयोजनाका परामर्शदाता इञ्जीनियर अरुण रोस्याराले जानकारी दिए । ‘स्थानीय तहबाट असहयोग भएन भने ढलको काम अबको एक वर्षमा सकिन्छ’, उनले भने, ‘निर्माणमा प्रयोग भएका सामग्री सरकारको प्रयोगशालामा परीक्षण हुन्छ ।’

टीकापुर मै प्रयोगशाला राखेर फलामका डण्डी, सिमेण्ट, इटा, बालूवा र गिट्टी परीक्षण गर्दै आएको र निर्माण भएका संरचनाको पुनः परीक्षण हुने गरेको उनले बताए । उनले मलमूत्र व्यबस्थापन र ढलको काम सँगसँगै भइरहेको पनि जानकारी दिए ।

सतही पानीलाई ढलमार्फत् जमरा र ज्ञानी कुलामा पठाइने छ भने मलमूत्र प्रशोधन गरेर निस्केको सफा पानी जमरामा पठाइने जनाइएको छ । कतिपय ठाउँमा खानेपानीको पाइपले समस्या पारेको जनाउँदै स्थानीय सरकारसँग मिलेर आयोजना निर्माण भइरहेको कम्पनीको भनाइ छ ।

सो केन्द्र सञ्चालनमा आएपछि मलमुत्र व्यवस्थापनका लागि समस्या कम हुने स्थानीयवासी रुपा साउँदले बताइन् । ‘शौचालयबाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ । यसले नागरिकलाई पनि सजिलो र सरकारलाई पनि आम्दानी हुन्छ’, उनले भनिन्,’ ‘यसका साथै आकाशे पानी व्यवस्थापनका लागि बन्न थालेको ढलले बर्सेनि वर्षा हुने वित्तिकै डुवान हुने टीकापुर डुवानबाट समस्यामा पर्ने छैन ।’

स्थानीयवासी यसरी निर्माण भइरहेका योजना गुणस्तरीय बनाउनतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।