१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

अ+ अ-

काठमाडौँ । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।

पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथको दर्शन गरेको बर्तालुसँगै रहेका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए ।

पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि बर्तालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा आएर भोजन गर्ने तयारीमा रहेको जानकारी पनि उनले दिएका छन् । भोजनपछि बर्तालु सिंहदरबार हुँदै दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् ।

माधवनारायणलाई भने नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा दर्शन गराएर भोटाहिटी र हनुमानढोका दरबार क्षेत्रमा पूजा गरी टेकु हुँदै शेषनारायण लगिन्छ । राजसंस्था हुञ्जेलसम्म नारायणहिटी दरबारमा राजालाई पनि माधवनारायणको दर्शन गराउने परम्परा थियो ।

माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा गर्छन् । सोमबार बिहान साँखुबाट बज्रयोगिनी माइको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए ।

कोरोनाको तेस्रो लहर फैलिरहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको बर्तविधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधवनारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको उनले सुनाए ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । व्रतमा यस वर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यस बेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस