२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा भारी हिमपात यातायात अवरुद्ध

अ+ अ-

दैलेख । दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ । विसं २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताइन् ।

यसअघि दैलेखको उच्च भूभागमा मात्रै हिमपात पर्ने गरेको थियो । बिहीबार रातिदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, तिनचुले, महाबु गाउँपालिकाको महाबु हिमाललगायत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागमा भारी हिमपात भएको हो । गुराँसे क्षेत्रमा भारी हिमपातले यातायात अवरुद्ध भएको छ ।

नौमुले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरव, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबासलगायत क्षेत्रमा भारी हिमपात भएको हो ।

यस्तै महाबु गाउँपालिकाको काशिकाँध भाग, गैँडाबाज, रानीवन, भैरवी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाइला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पीपलकोट र तिलेपाटा र दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा पनि हिमपात भएको छ ।

गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको छ । दैलेखदेखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए ।

हिउँ परेसँगै जिल्लाभर अत्यधिक चिसो बढेको छ । रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले एक्कासि बढेको चिसोले विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्गलाई बढी समस्या भएको छ ।