१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाचारप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा सिन्डिकेट कायम गरिँदै छ भन्ने आशयको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आइतबार(आज) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा संलग्न केही व्यवसायीको हवाला दिँदै केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्री कृष्ण कुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालको बहालीसँगै स्वदेशी तथा वैदेशिक रोजगारीका क्षेत्रमा सुधार गरी सुरक्षित, भरपर्दो, निष्पक्ष, पारदर्शी, मर्यादित र न्यायिक व्यवसायको रूपमा विकास गर्ने र कोही पनि निर्धन र निमुखा सर्वसाधारणहरू कसैबाट ठगिनु नपरोस् भन्ने उद्देश्यबाट प्रेरित भई काम भइरहेको अवस्थामा यस्ता खाले समाचार आउनु दुःखद भएको मन्त्रालयको जनाएको छ ।

वैदेशिक रोजगारलाई मर्यादित, इमानदारी, अनुशासित र पारदर्शी रूपमा काम गर्ने वैदेशिक रोजगार व्यवसाय र गैर कानुनी रूपमा ढाँट, छलबाट आफ्नो व्यवसाय गर्ने व्यवसायी विचमा फरक हुनु स्वाभाविकै रहेको भन्दै मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५ एवं वैदेशिक रोजगारी नियमावली, २०६४ को नियम ३ तथा सो अनुसार को अनुसूची १ मा व्यवस्था भए बमोजिम व्यवसाय गर्न स्वीकृत प्राप्त संस्थाहरू मध्ये कुन व्यवसायले कसरी काम गरेको छ भनी आधार खोजी गर्नु कुनै अनौठो कुरा नभई प्रचलित कानुन बमोजिम वैदेशिक रोजगारसँग सम्बन्धित संस्था, कम्पनीसँग सल्ला र छलफल गरी मूल्याङ्कन प्रक्रिया अगाडी बढाउन खोजिएको जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न प्रविधिमैत्री श्रम प्रशासन सिर्जना गर्ने, श्रम स्वीकृतिको दिन र समय घटाउने, वैदेशिक रोजगार नीतिमा परिमार्जन गर्ने, विभिन्न मुलुकसँग श्रम सम्झौता नवीकरण गर्ने, सीप विकास तालिम तथा प्रशिक्षणको नीतिमा परिमार्जन गर्ने, भिजिट भिसामा कामदार पठाउने प्रवृत्तिमा नियन्त्रण गर्ने जस्ता कार्यहरू अगाडी बढाइरहेको छ । साथै वैदेशिक रोजगारीको बहानामा हुने ठगी नियन्त्रण गर्न मन्त्रालयमा मार्सल कार्यदल, वैदेशिक रोजगार विभागमा र्यापिड रेस्पोन्स टिम गठन गर्नुका साथै गुनासो सुन्ने कल सेन्टर २४ सै घण्टा सञ्चालन गरिएको छ ।

एउटा व्यवस्थित, कानुन सम्मत, अनुशासित र पारदर्शी व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न लागिपरिरहेको अवस्थामा केही पत्रिका र सामाजिक सञ्जालका माध्यमबाट गलत मनसायबाट प्रेरित भई वैदेशिक रोजगार प्रणालीमा भ्रम सिर्जना गर्ने प्रवृत्तिमा नलागी यो व्यवसायलाई सबै मिलेर मर्यादित बनाउने प्रक्रियामा लाग्नसमेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय सचिव अर्यालले वैदेशिक रोजगारीमा रहेका विकृतिहरू हटाउन प्रविधि र कानुन कार्यान्वयनमा जोड दिएसँगै सर्वसाधारणलाई दुःख दिएर रकम असुल्दै आएका ‘बिचौलिया’ तथा ‘ठग’ म्यानपावर व्यवसायीहरू आफ्नो धन्दा बन्द हुने भएपछि अनेक प्रोपोगन्डामा लागेका छन् ।

वैदेशिक रोजगारलाई नाम मात्रै लिँदा पनि नाक खुम्च्याउनु पर्ने अवस्थाबाट मर्यादित बनाउन मन्त्रालयले थालेको प्रयासलाई कसरी विफल बनाउन सकिन्छ र ‘लुट’ मच्चाइराख्ने भन्ने ध्याउन्नमा रहेका त्यस्ता ‘बिचौलिया’ तथा व्यवसायीको आवरणमा ठगी धन्दा मच्चाउनेलाई समयमै पहिचान गरी कारबाही प्रक्रिया तत्काल थाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस