काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको हो ।
शिशिर कुमार ढुगांनाले माघ १८ गते अनिवार्य लिएसँगै रिक्त सचिवका लागि तीन वरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो ।
सम्बन्धित समाचार : सचिव शिशिर कुमार ढुङ्गाना अनिवार्य अवकाशमा
सिफारिस गरिएकामध्ये पहिलो नम्बरमा रहेका निरौला पहिलो पटक सिफारिस हुँदा कृष्ण राउत सचिव भएका थिए भने दोस्रो पटकमा शङ्कर खराल र तेस्रो पटक रामेश्वर दंगाल सचिवमा बढुवा भएका थिए ।
सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस
दंगालको पालामा पनि तेस्रो नम्बरका सिंहलाई बढुवा गर्नेबारे मन्त्रिपरिषद बैठकमा बहसपछि केही मन्त्री र मुख्यसचिवले ४ पटक सिफारिस भएकालाई नगरी पहिलो पटक भएकालाई गर्दा प्रशासनिक विकृति निम्तन गई आगामी दिनमासमेत त्यस्तै चलखेल हुनसक्ने भनेपछि पहिलो नम्बरका दंगाल बढुवा भएका थिए ।
सम्बन्धित समाचार : दंगाल सचिवमा बढुवा
नियमित प्रक्रियाअनुसार नै निर्णय गरेको अवस्थामा पहिलो नम्बरमा सिफारिस निरौला सचिवमा बढुवा हुनेछन् ।
निरौला गृह मन्त्रालयको शान्ति सुरक्षा तथा समन्वय महाशाखा प्रमुख छन् भने सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता र खनाल सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)को राष्ट्रिय कार्यक्रम निर्देशक हुन् ।