२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित इन्टरनेट दिवस: अनलाइन बाल सुरक्षा चुनौतीपूर्ण

अ+ अ-

काठमाडौँ । ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराका साथ १९औँ विश्व सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइएको छ ।

दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको आयोजना, नेटफोर गुड एलाइन्सको सहकार्य र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’ विषयक कार्यशालामा विभिन्न मन्त्रालय, निकाय र अधिकारका क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिले वर्तमान समयमा सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुन नसक्ने भए पनि यसबाट बालबालिकामा उत्पन्न हुन सक्ने असुरक्षाबारे अभिभावक र सम्बन्धित पक्ष सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले विद्यमान कानून र नीतिको कार्यान्वयन गर्दै नयाँ नयाँ आयामहरुलाई समावेश गरेर कानून संशोधन गर्न पनि सुझाव दिएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तर्जुमा गरी कार्यान्वयन गरिरहेको जनाउँदै इन्टरनेटका माध्यमबाट हुने बाल अधिकार हननका घटना रोक्न साइबर सुरक्षा नीति र कानूनमा सुधार गरिने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बालबालिकामा हुन सक्ने इन्टरनेट सुरक्षा चुनौतीको सामना गर्ने पहिलो उपाय घर परिवार र अभिभावकमै रहेको बताउँदै यसका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका डीन प्रा डा मनिष पोखरेलले ‘डिजिटल डिभाइड र अनलाइन बाल सुरक्षा’, काठमाडौँ स्कुल अफ ल का सहप्राध्यापक अधिवक्ता कपिल अर्यालले ‘इन्टरनेट सुरक्षाको कानूनी अवस्था र वर्तमान व्यवस्था’ र बाल मजदुर सरोकार केन्द्र (सिविन)का सागर भण्डारीले ‘अनलाइन बाल सुरक्षाका सवाल, सामाजिक संस्थाहरुको भूमिका’ बारे प्रस्तुतीकरण गरेका थिए ।

नेटफोर गुड एलाइन्सका संयोजक नवराज दाहालले साइबर सुरक्षा र बाल अधिकारका सचेतना कार्यक्रमलाई प्रदेश र जिल्लास्तरमा विस्तार गरिने जानकारी दिए ।

प्राधिकरण, समाज र एलाइन्सलगायत संस्थाहरुले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाबीच बाल अधिकारका विभिन्न छ सवालमा प्रदेशस्तरमा भिडियो प्रतिस्पर्धाका लागि आह्वान पनि गरेका छन् ।