२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष प्रचण्डलाई केपी ओलीको चुनौती : एमसिसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्छौँ भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् ।

सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसिसीबारे पास गर्छौँ भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब उक्त प्रतिबद्धता पूरा गर्न चुनौती दिएका हुन् ।

एमसिसी पास गर्ने निर्णय गर्नुपर्‍यो भन्दै हिजो (बिहीबार) साँझ प्रचण्डले ओलीलाई फोन गरेका थिए । ओलीले त्यसबारे सत्तारुढ दलहरुले नै निर्णय गर्नुपर्ने जवाफ दिए ।

‘पहिले तपाईँहरूले नै ल्याएको एमसिसी मैले अघि बढाउँदा त्यसलाई मेराविरुद्ध हतियार बनाउनुभयो । तपाईँहरूले अमेरिकी राजदूतलाई दसौँपटक ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसिसी पारित गर्छौँ भन्नुभएको रहेछ । अर्को त लिखितै बुझाउनुभएको रहेछ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘संसदमा तपाईँहरूकै बहुमत छ, यसमा अलमल किन गर्नुहुन्छ ? जनमत किन विभाजित गर्नुहुन्छ ?’

प्रचण्डले ओलीसँग एमसिसीबारे कि अहिले नै सबै दल मिलेर निर्णय गरौँ या त चुनावपछि पारित गर्छौँ भनेर अमेरिकालाई संयुक्त रुपमा भनौँ भन्ने प्रस्ताव गरेका थिए । जवाफमा ओलीले एमसिसी माओवादीका लागि आराजस्तै भएको प्रतिक्रिया दिए ।

‘तपाईँहरू अहिले एमसिसी नामको आरा हातमा लिएर बस्नुभएको छ, अगाडि बढेर पास गरे तपाईँहरूका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,’ ओलीले प्रचण्डसँग भने, ‘यो आराले अगाडि बढ्दा नि काट्छ ।’

अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर एमसिसी यही फागुन १६ गतेभित्रमा अनुमोदन नभए फिर्ता हुने र नेपालसँगको सम्बन्धबारे पुनर्विचार गर्ने चेतावनी दिएपछि दलहरुमा दबाव बढेको छ । त्यही दबाबका कारण प्रचण्डले ओलीलाई फोन गरेका थिए ।