२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्नु हुँदैन : नेता खनाल

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई अन्योलमा राखेर एमसिसी पास गर्न नहुने बताएका छन् ।

नेपाली जनतालाई थाहै नदिईकन र एमसिसीका दस्ताबेज अध्ययन नगरीकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए ।

आज (बुधबार) संसद् बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपाली जनतालाई थाहा पनि नदिईकन, गुमराहमा राखेर, ती दस्ताबेज अध्ययन पनि नगरीकन एमसिसी सम्झौता गरिनु पनि हुँदैनथ्यो । यो राष्ट्रहित विपरीत छ, नेता खनालले बताएका थिए ।

सरकारको नेतृत्वमा रहेका नेताहरूलाई लक्षित गर्दै उनले के गर्दा राष्ट्रहित हुन्छ भन्ने विषय उनीहरूले नबुझेको उनको भनाइ थियो ।

खनालसहित नेकपा समाजवादीका नेताहरूले एमसिसी परिमार्जन गर्नुपर्ने वा अहिलेकै अवस्थामा पारित गर्न नहुने अडान राख्दै आएका छन्।

यस्तै सत्ता गठबन्धनमा सामेल माओवादी केन्द्रका नेताहरूले पनि एमसिसी पास गर्नुअघि राष्ट्रिय सहमति आवश्यक भन्दै आएका छन् ।