काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि निर्धारित बैठक ढिला गरि सुरु भएको हो।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना ‘एमसीसी’को विषयमा छलफल हुने छ । आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित गर्ने तयारी छ।
संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी छलफलका लागि प्रस्ताव गरेका छन्।
नेकपा एमालेका सांसदहरुले आज पनि अवरोध कायमै राखेका छन्।







