१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकेशको उत्कृष्ट ब्याटिङ, विराटनगरले कर्णालीलाई दियो  १८७ रनको लक्ष्य

अ अ+ अ-

काठमाडौँ । ओपनर लोकेश बमको उत्कृष्ट ब्याटिङको मद्दतमा विराटनगर किंग्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससामु १८७ रनको लक्ष्य खडा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो ।

विराटनगरका लागि ओपनर लोकेशले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे । चौथो विकेटका लागि लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए ।

१६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहे ।

एन्जेलो २२ बलमा ३१ रनमा आउट भए । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट भए । बसिर अहमद १३ रनमा आउट हुँदा सुजन थपलिया अविजित रहे ।

बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । ४ ओभरमा सोमपालले ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराए । मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिए । मार्कले बलमा ओपनर इम्रान आउटको शिकार बने । नन्दनले अन्तिम बलमा बसिरलाई बोल्डआउट गरे ।

पहिलो खेलमा चितवन राइनोजसँग ९ रनले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा छ । कर्णालीले भने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो ।

0 Comments