२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि काँग्रेसको नवलपुर जिल्ला अधिवेशन सुरु

अ+ अ-

नवलपुर । नेपाली काँग्रेस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए ।

त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उनले जानकारी दिए ।

त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी छ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य,अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।

एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली काँग्रेसको जिल्ला कार्यालयको बिपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।