२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि सुरु हुने

अ+ अ-

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन् । भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष उनले जानकारी दिए ।

विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेतालाई नगद पाँच लाख पुरस्कार राखिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउनेछन् । ५१ लाख ३२ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । करिब १५ लाख नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ ।

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि उपमहानगरले १८ लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये १० लाख पहिलो पुरस्कार र पाँच लाख दोस्रो पुरस्कारको छुट्याइएको छ । बाँकी तीन लाख धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

उनले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ । उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए ।