२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोक्नुपर्ने डा. रावलको माग 

अ+ अ-
काठमाडौँ  । नेकपा एमालेका नेता डा. भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केही दिनअघि भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।
आइतबार (आज) प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले भारतले अन्तर्राष्ट्रिय कानुन‚ दुई देशको छिमेकीको असल सम्बन्धको मान्यता विपरीत तटबन्ध निर्माण गरिएको र स्थानीयहरूले त्यसको विरोध गरिरहेकाले उक्त तटबन्ध निर्माणलाई तत्काल रोक्न माग गरेका हुन् ।
उनले भने, ‘बङ्गाबगरमा निर्माण हुँदै गरेको तटबन्ध निर्माण कार्य रोकिनुपर्ने माग स्थानीयहरूले राख्दा नेपाल सरकारको तर्फबाट कुनै पनि पाइला चालेको देखिएन ।’ त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताको रक्षाका लागि महाकाली नदीलाई नेपालतिर फर्काउन लागेका भारतका गाडीलाई ढुङ्गाले हान्नुपर्ने स्थिति आइपर्नु लज्जास्पद भएको उनले बताए ।
केही समयअघिको बाढीबाट त्यहाँको गल्फाईंमा वन कार्यालय र भूसंरक्षण कार्यालय नै महाकाली नदीको पारि पट्टी भारततर्फ परेको बताउँदै नेता रावलले त्यस बेला पनि भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन खोजे पनि विरोध भएपछि रोकिएको उनले दाबी गरे ।
उनले भने, ‘नेपाली नागरिकको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा यदि सरकारले ध्यान नदिने हो भने त्यस्तो सरकार जनविरोधी र अलोकतान्त्रिक सरकार ठानिन्छ ।’