१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब अस्पतालमा जन्मिएका बच्चाको विवरण सीधै पञ्जीकरण विभागमा

अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।

विभागकी निर्देशक विनीता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिइन् । केही समयमै यो व्यवस्था सुरु हुने उनले बताइन् ।

यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन विवरण आउने र जन्म मिति पनि वास्तविक हुने विभागको विश्वास छ ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनीता भट्टराईले भनिन्, ‘जन्म दर्ताको समस्या धेरै भयो भन्ने आउने गरेको छ । यसलाई चिर्न हामीले सीधै अस्पतालबाट फारम भरेर विभाग ल्याउन लागिएको हो ।’

तर, घरमै जन्मिएको बच्चाको सन्दर्भमा भने स्वयंले नै जन्म दर्ता नगराउँदासम्म राज्यको जानकारीमा नआउने उनले बताइन् ।

बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गर्नुपर्ने व्यवस्था छ । ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । जन्म, मृत्यु, बसाइसराइ लगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइन फारम भरेर वडा कार्यालयमा जानुपर्छ ।

आमा–बाबु दुवैको पहिचान नभएको, विवाह दर्ता नभएको कारणले बच्चाको जन्म दर्ता नरोकिने विभागकी निर्देशक भट्टराईले बताइन् ।

प्रतिक्रिया दिनुहोस