२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाज विकासका लागि सकारात्मक विचार बनाउनुपर्छ : उपराष्ट्रपति पुन

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि मानिसको सोच, चिन्तन र विचारलाई सकारात्मक बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ तथा खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक विमोचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजमा सकारात्मक सोचको विकास आजको आवश्यकता हो भने ।

पछिल्लो समयमा देशले वा सरकारले केही गर्न सकेन, राजनीतिक परिवर्तन भयो तर नागरिकको अवस्था परिवर्तन हुन सकेन भनेर सकारात्मक र नकारात्मक रूपमा प्रतिक्रियाहरू आइरहे पनि नकारात्मक टिप्पणी बढी हुने गरेको धारणा राख्दै उनले देशले के दियो भन्दा पनि मैले देशलाई के दिएँ भन्ने सोचको विकास जरुरी रहेको औँल्याए ।

विभेदरहित समाज निर्माणका लागि राजनीतिक परिवर्तन भएको स्मरण गर्दै उनले अझै चाहिएको कुरा प्राप्त गर्न नसकिएको स्वीकार पनि गरे । आज सार्वजनिक किताबले आत्मानुशासन, पारदर्शिता र समाज विकासका गराउनका लागि उत्प्रेरणा दिने विश्वास उनले व्यक्त गरे ।

उपराष्ट्रपति पुनले संविधानमा नै शिक्षालाई निःशुल्क गर्ने प्रावधान भए पनि व्यावहारिक रूपमा लागू हुन नसकेको र अझै थुप्रै बालबालिका शिक्षाको पहुँचबाट टाढा रहेको बताए । उपराष्ट्रपति पुनले समान शिक्षा हासिल गर्न हरेकले आआफ्नो क्षेत्रबाट पहल गर्नु जरुरी रहेको औँल्याए । उनले त्यस्ता काममा देशभरका सहयोगी मनहरू जोडिने आशा व्यक्त गरे ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको शैक्षिक विकासका लागि सबैको योगदान आवश्यक भएको बताउँदै यस्ता अभियानले सचेतना जनाउने विश्वास व्यक्त गरे ।

फाउन्डेसनका अध्यक्ष मन ऋषि धितालले समाजमा केही गरौँ भन्ने सोचका साथ संस्था स्थापना गरेको र यसमार्फत शैक्षिक एवं सामाजिक अभियान चलाउने जानकारी गराए । पुस्तकका लेखक खेम शर्माले कोभिड–१९ सङ्क्रमणको समयको सदुपयोग गरी आफूले सो पुस्तक तयार पारेको जानकारी गराए ।

उनले पारदर्शिताले मात्रै समाजको विकास हुन्छ भन्दै शैक्षिक एवं सामाजिक चेतना जागृत गराउन जरुरी छ भन्ने उद्देश्य आफूहरूको रहेको बताए । उनले पुस्तक बिक्रीबाट आएको रकम पनि शिक्षाको विकासमा लगाउने जानकारी दिए । उनले पुस्तक स्वर्णिम रहस्यमा मानिसको कर्तव्य, सकारात्मक सोच, नैतिक शिक्षा, स्वास्थ्य तथा शिक्षासम्बन्धी विषय समेटिएका छन् । समारोहमा उपराष्ट्रपति पुनले उक्त संस्थाको वेब साइटको पनि उद्घाटन गरेका थिए ।