११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्ला एक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे ।

दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने ‘सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?’ गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए ।

गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरु मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताए । उनले भने, ‘आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामवन्धु सुवेदीले महानगरले गरेका विकास निर्माणबारे जानकारी गराएका थिए ।

सो अवसरमा बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका सङ्घीय परिषद् सदस्य मुस्तफा अली, उद्योग वाणिज्य सङ्घ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

महानगरले रु ९४ करोड ३२ लाखको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगर प्रमुख दाहालले सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस