९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ वर्षपछि विश्वकप खेल्दै क्यानडा

अ+ अ-

काठमाडौँ। जमैकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।

कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो । गत साता कोस्टाकारिकासँग १–० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।

शीर्षस्थानको क्यानडाको १३ खेलमा २८ अङ्क रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अङ्क छ ।

सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो ।

बुधवार पानामाविरुद्ध हुने खेलमा एक अङ्क मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।

१३औँ मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४औँ मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।

८३औँ मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३–० मा पुर्‍याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।

कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।

सोमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५–१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १–० ले निराश बनायो ।

प्रतिक्रिया दिनुहोस