२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानको आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

अ+ अ-

बोगोटा । कोलम्बियामा मेडेलिन सहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

लाटम एयरलाइन्स एयरबस ए ३२०-२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो सहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको बताइएको छ ।

फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टा भन्दा बढी समयका लागि रद्द गरिएको थियो जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेष गरी बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो।

अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने ‘रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको क.रममा छ । फजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।