१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

अ+ अ-

कर्णाली । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिवार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ ।

प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिवार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो ।

कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा बिकको बच्चा रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो ।

आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो । पवित्रा र उनका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरूले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए ।

प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षित रूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ ।